News Portal

  • एनएलजी इन्स्योरेन्सले ३ दिने अभिकर्ता तालिम सञ्चालन गर्ने

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७९
    ६०६ पटक
    १९ साउन, २०७९

    कठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीमा अभिकर्ताको रुपमा काम गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ताको ३ दिने आधारभुत तालिम सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।
    अभिकर्ताको रुपमा काम गर्न इच्छुक योग्यता पुगेका व्यक्ति तथा संस्थाले १ हजार रुपैयाँ सहित कम्पनीको केन्दीय कार्यालय काठमाडौं वा क्षेत्रिय कार्यालयहरु अथवा नजिकको शाखा कार्यालयहरुमा यहि भदौ ७ गतेभित्र सम्पर्क गर्न सक्नेछन् ।
    इच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ४ प्रति र स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरि व्यक्तिगत विवरण फारम सहितको कागजात बुझाउनुपर्ने हुन्छ ।
    संस्थागत अभिकर्ताका लागि भने संस्थागत अभिकर्ता लिन चाहने सम्बन्धित संस्थाको निवेदन (संचालकको फोटो र हस्ताक्षर), संचालकको नियुक्ति र पदावधि मिति, संचालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता (कम्तिमा एसएलसी उतिर्ण) र प्यान दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिस्टरको प्रमाणपत्र लगाएतका कागज पत्र समावेश गर्नुपर्नेछ । उक्त तालिम भने भदौ ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्