News Portal

  • कृषि विकास बैंकको नाफा २६.१६ प्रतिशत घट्यो

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७९
    ६४० पटक
    १९ साउन, २०७९

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २६.१६ प्रतिशत घटेर २ अर्ब ३६ करोड ४० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेर ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ८६ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो ।
    गत असार मसान्तसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेर १ अर्ब ३९ करोड २७ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत घटेर ९ अर्ब १५ करोड १८ लाख ६२ हजार रुपैयाँ, सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेर ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १२५.१९ प्रतिशत बढेर ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेर १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ०.३१ प्रतिशत बढेर १५ अर्ब १२ करोड ८९ लाख ९३ हजार रुपैयाँ, निक्षेप २.२६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख ६५ हजार रुपैयाँ र कर्जा १८.५४ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
    गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.१३ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्