News Portal

  • रिलायबल नेपाल लाइफले दियो ४० लाख ४० हजार रुपैयाँ दाबी रकम

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
    ४५५ पटक
    १३ साउन, २०७९

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो ।
    भरतपुर महानगरपालिका वडा नं. १७ स्थित मृतक परिवारको घरमै पुगेर मृतकका श्रीमती भूमिका गुरुङ्गलाई ४० लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
    मृतक गणेश बहादुर गुरुङ्गले सात महिना अगाडि मात्रै २० लाख रुपैँयाको बीमा गरेका थिए । बीमित गुरुङ्गको स्कुटर दुर्घटनामा परि ज्यान गएको हो ।

    प्रतिकृया दिनुहोस्