News Portal

  • चिमडीमा नेरुडेद्धारा डस्टबिन वितरण

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
    ९२६ पटक
    १३ साउन, २०७९

    विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यचौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाकाप्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक बिद्यालय चिमडीलाई गरी १७ थान डष्टविन संस्थाले उपलब्ध गराएको हो ।
    कार्यक्रममा वित्तीय संस्थाका योजना तथा उद्यम विकास व्यवस्थापन विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले कार्यक्रमको उद्घेश्य माथि प्रकाश पार्दे स्वागत मन्तव्य व्यक्त गरेका थिए । नायव महाप्रबन्धक नारायण साहुले संस्थागत परिचय साथै लघुवित्त संस्था तथा समुदायविचको अन्तरसम्बन्धका बिषयमा चर्चा गरे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बर्जु गाउपालिकाका अध्यक्ष जिबछ राय, बिशेष अतिथिमा गाउपालिका उपाध्यक्ष नितु कुमारी चौधरी, वडा नं. ६ का वडाध्यक्ष अशोक कुमार चौधरी, वडा सदस्यहरु, इलाकाप्रहरी कार्यालय चिमडीका प्रमुख, स्वास्थ्यचौकी प्रमुख, स्थानिय श्री मा.वि.का सहायक प्रधानाध्यापक लगयात स्थानियहरुको उपस्थिती रहेको थियो । मन्तव्य दिने क्रममा बक्ताहरुले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आउदा दिनहरुमा पनि यस किसिमको कार्यक्रमहरुले निरन्तरता पाईरहोस् भन्ने शुभेक्च्छा व्यक्त गरेका थिए ।
    कार्यक्रमको समापन मन्तव्यको क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्यालले नेरुडेले पहिले पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको र यस आर्थिक वर्षको पहिलो कार्यक्रम चिमडीबाट शुरु गरेको, आउदा दिनहरुमा यसलाई अझ बढाउदै लैजाने र चिमडी क्षेत्रको बिकास र समृद्घीमा नेरुडे सधै सहयोगी रहने प्रतिबद्घता समेत व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेरुडे लघुवित्तको सामाजिककार्य सञ्चालन सम्बन्धिका फोकल पर्सन राजु श्रेष्ठले गरेका थिए ।
    राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखाकार्यालय मार्फत १ लाख ६० हजार ग्रहाक परिवारलाई लघुवित्त सेवाप्रदान गर्दै आईरहेको छ । नेरुडेले स्थापना कालदेखि नै बचत कर्जा कारोबार सँग सगै सामाजिक रुपान्तरणसँग सम्बन्धी विभिन्न कार्यहरु गर्दै आईरहेको छ । गतआ.व.२०७८/७९ मामात्रै आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । जसमाग्राहक सदस्यको मृत्युभएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावको मुत्यृ भएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरीसकेको छ ।
    त्यसैगरी ग्राहक सदस्यहरु सुत्केरी हुदँ ७ लाख ८१ हजार, सर्पको टोकाई हुदा उपचार खर्च ६३ हजार ५ सय, घर आगलागी भएकोमा ७७ हजार ५ सय, बाढी पहिरोमा परेकाहरुलाई राहत स्वरुप १ लाख ८२ हजार, कोभिड संक्रमित भएकाहरुलाई पोषण खर्च वापत ३३ हजार र सदस्य तथा सदस्यका परिवारहरुमा दिर्घरोगी भई आम्दानीको श्रोत गुमाएर आर्थिक संकटमा परेकाहरुलाई २ लाख ६१ हजार ५ सय वितरण गरेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्