काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौं ।”
रेड्मी १०एको ठूलो 6.53″ HD+ डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको 3D–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।
यसमा रहेको 13MP मेन क्यामेरा र 2MP देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।
रेड्मी १०ए मा पावर अपको लागि MediaTek Helio G25 प्रोसेसर जडित छ जुन 2.0GHz सम्मको क्षमता रहेको अक्टा–कोर CPU हो । यसमा लामो समयसम्म चल्ने छ, 5,000mAh ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 10W को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।
रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २जीबी+३२जीबी र ३जीबी+६४जीबी स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः रु. १३,९९९ र रु. १५,९९९ रहेको छ । रेड्मी १०ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।
शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा
आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
१३ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान