News Portal

  • ग्लोबल आइएमईको ‘चक्रवर्ती मुद्धती योजना’ मा फाइदै फाइदा

    आर्थीकसंसार संवाददाता१० साउन, २०७९
    ६६२ पटक
    १० साउन, २०७९

    कठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ योजना ‘चक्रवर्ती मुद्धती योजना’ सञ्चालनमा ल्याएको छ । जुन योजना अन्तर्गत मुद्धती निक्षेपको ४ गुणासम्म फाइदा लिन सकिने बैंकले जनाएको छ ।
    बैैंकले ल्याएको यस योजना अन्तर्गत ६ वर्ष ८ महिना अर्थात ८० महिनामा मुद्धती निक्षेप रकमको दोब्बर रकम प्राप्त गर्न सकिन्छ । यसैगरी १० वर्ष ७ महिना अर्थात १२७ महिनामा निक्षेप रकमको तेब्बर र १३ वर्ष ४ महिना अर्थात १६० महिनामा चार गुणासम्म रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
    यस योजनामा न्यूनतम मौज्दात भने १० हजार मात्र रहेको छ । साथै मासिक चक्रवृद्धि व्याज भुक्तानी, जम्मा भएको रकमको द९० प्रतिशतसम्म ऋण लिन सकिने सुविधा समेत रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्