News Portal

  • प्रभु बैंकको नाफामा ५१.११ प्रतिशतको छलाङ, अधिकांश सूचकमा चम्कियो

    आर्थीकसंसार संवाददाता७ साउन, २०७९
    २०६ पटक
    ७ साउन, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेडकोे गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेर ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेर १ अर्ब २९ करोड ३२ लाख ४५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत बढेर ७ अर्ब ९४ करोड ६९ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा भने ४.६६ प्रतिशत घटेर १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयँ, जगेडा कोष २३.८२ प्रतिशत बढेर ७ अर्ब १३ करोड ७१ लख १५ हजार रुपैयाँ, निक्षेप ८.३७ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ६५ करोड २१ लख ७१ हजार रुपैयाँ र कर्जा ८.०३ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
    असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्