News Portal

  • नेपाल लाइफको सिइओमा प्रविण रमणको नियुक्तिलाई समितिले दियो स्वीकृति

    आर्थीकसंसार संवाददाता४ साउन, २०७९
    ६१९ पटक
    ४ साउन, २०७९

    काठमाडौं । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । अव कम्पनीले आधिकारिक रुपमा नियुक्त गर्न पाउने भएको छ ।
    नेपाल लाइफले पराजुलीलाई गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा नियुक्त गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका पराजुली एक तह घटुवा भएर नेपाल लाइफ भित्रिएका थिए । कम्पनीले सुरुवाति अवस्थामा पराजुलीलाई डिसिइओमै राख्ने र प्रमुख कार्यकारी अधिकृतमा बाहिरबाट ल्याउने योजनामा थियो । तर आफुले भने जस्तो व्यक्ति नपाए पछि कम्पनीले पराजुलीलाई नै नियुक्ति गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्