News Portal

  • एशियन लाइफले बाेनश दरमा गर्याे सुधार, बाेनश दर ४० देखि ७५ रुपैयाँसम्म

    आर्थीकसंसार संवाददाता३ साउन, २०७९
    ६९३ पटक
    ३ साउन, २०७९

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ को लागी बोनश दर प्रकाशन गरेको छ । भावी बोनश(फ्यूचर बोनश) का कारण आ.व. २०७६।७७ मा बोनश दरमा गिरावट आएकोमा यसपटक सुधार देखिएको छ ।
    बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृतिसँगै बोनश दर समेत स्वीकृत भएपछि कम्पनीले मंगलबार बोनश दर सार्वजनिक गरेको छ ।
    सार्वजनिक गरिएको बोनश दरका अनुसार प्रति हजार रुपैयाँ बीमांकमा प्रति वर्ष न्यूनत्तम ४० देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनश दर घोषणा गरिएको छ ।
    सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ कायम गरिएको छ।
    त्यस्तै बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ। १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५३ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको लागी ६० रुपैयाँ बोनश दर रहेको छ ।
    बीमा अवधि पुरा नहुँदै निश्चित किस्तामा रकम फिर्ता पाइने अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १० र १२ वर्षेको ५० रुपैयाँ, १५ वर्षेको ५५ रुपैयँँ,१८ वर्षेको ६० रुपैयाँ,२० वर्षेको ६५ रुपैयाँ र २५ वर्षेको ७० रुपैयाँ तोकिएको छ।
    नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभको हकमा १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५० रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको ६० रुपैयाँ बोनश दर रहेको एशियन लाईफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

    कूल ब्यापारमा बाल जीवन बीमाको हिस्सा अधिक

    कुल बीमालेख बिक्रीमध्ये बालबालिकाको सावधिक जीवन बीमा र सामान्य सावधिक जीवन बीमालेखको संख्या अन्य बीमालेखको तुलनामा ठूलो संख्यामा बिक्री गरेको छ । बालबालिका सम्बन्धी १ लाख ६८ हजार ८ सय २८ वटा जीवन बीमालेख जारी गरेको छ । यसैगरी १ लाख ३१ हजार ६ सय ९९ वटा सावधिक बीमालेख जारी गरेको छ ।
    सबैभन्दा थोरै संख्यामा बिक्री भएको बीमालेखमा २५ वर्षे वा त्यो भन्दा बढी अवधिको अग्रिम भुक्तानी सावधिक बीमालेख जम्मा २२ वटा जारी गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिकमै १० वर्षे अवधिको बीमालेख पनि जम्मा ३८ वटा जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्