News Portal

  • पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो : सीईओ रायमाझी

    आर्थीकसंसार संवाददाता१ साउन, २०७९
    ५४९ पटक
    १ साउन, २०७९

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर कुमार रायमाझीले हिमालयन एभरेष्ट इन्स्योरेन्स पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता बनेको बताएका छन् ।
    आइतबार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार कार्यक्रममा उनले बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा हिमालयन एभरेष्ट कम्पनी बनेको जानकारी गराएका हुन् ।
    यस्तै, उनले कार्यक्रममा नेपाल पुनर्बीमाकाे अब एउटा लगानीकर्ता घटेको पनि बताएका छन् ।
    ‘हिमालयन जनरल र एभरेष्टको मर्जरले हामीले एउटा लगानीकर्ता गुमाएका छौं, तर बीमा कम्पनीको सुधार र सिनर्जीका लागि मर्जर हुनु राम्रो हो,’ उनले कार्यक्रममा भने ।
    बीमा कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा सेयरधनीका रूपमा रहेका छन् । हाल एनआरईसीमा ढेड दर्जन कम्पनीको लगानी छ ।

    प्रतिकृया दिनुहोस्