News Portal

  • १० प्रतिशत व्याजमा घर कर्जा, साढे १० प्रतिशत व्याजमा अटो लोन

    आर्थीकसंसार संवाददाता३२ असार, २०७९
    १८५ पटक
    ३२ असार, २०७९

    काठमाडौं । व्याजदर वृद्धि गरेकोमा बैंकर्सहरु आलोचित छन् । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याज १५/१६ प्रतिशत पुर्याएकोमा ऋणिको आक्रोस छ । बचतकर्तालाई व्याज ११/१२ प्रतिशत व्याज दिएकोमा उद्योगी व्यवसायीहरुको आक्रोस छ ।
    तर नागरिक लगानी कोषले व्याजदर बढाएर पनि ८ देखि १० प्रतिशतमा सीमित गरेको छ । कोषले अहिले पनि बढीमा १० प्रतिशत व्याजमा कर्जा प्रवाह गरिरहेको छ ।
    २०७९ साउन १ देखि लागू हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत तोकेको छ ।
    कोषले उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।
    कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पु¥याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।
    कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।
    राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्र सेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

    प्रतिकृया दिनुहोस्