News Portal

  • अन्नपूर्ण केवलकार नियमित मर्मत सम्भारको लागि एक हप्ता बन्द रहने

    आर्थीकसंसार संवाददाता३० असार, २०७९
    ७०२ पटक
    ३० असार, २०७९

    काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने व्यहोरा जानकारी गराउँदछौं । साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने व्यहोरा सहर्ष जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको छ । यसबाट आदरणीय यात्रुहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्