News Portal

  • धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

    आर्थीकसंसार संवाददाता२७ असार, २०७९
    ६०६ पटक
    २७ असार, २०७९

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो ।
    बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको छ ।
    वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्