News Portal

  • आइएमई जनरलको सिइओमा युगेशभक्त बादे दोहोरिए

    आर्थीकसंसार संवाददाता२२ असार, २०७९
    ३२५ पटक
    २२ असार, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति दिइएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।
    बादेको कार्यकाल आगामी साउन २३ गतेदेखि सकिदैछ । वादेलाई कम्पनीले २०७५ साउन २३ गतेदेखि लागु हुने गरी पहिलो पटक सिइओमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनको चार वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न हुनु भन्दा अगाडी नै अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको हो । उनि आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत हुनेछन् । वादे तीन दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् ।

    प्रतिकृया दिनुहोस्