News Portal

  • अर्थमन्त्री शर्माले दिए पदबाट राजिनामा

    आर्थीकसंसार संवाददाता२२ असार, २०७९
    ५६१ पटक
    २२ असार, २०७९

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरे सँगै उनले राजिनामा पनि दिएका छन् ।
    अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरे पछि उक्त समिति गठन गर्न बाध्य भएको हो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका हुन् ।
    संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहेका छन् ।
    शर्माले आफुले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । छानविन समितिले गरेको निर्णय मान्न तयार रहेको भन्दै शर्माले आजैका मितिदेखि राजिनामा दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्