News Portal

  • सिभिल लघुवित्तको शाखा कार्यालय विरुवागुठीद्धारा शैक्षिक सामाग्री वितरण

    आर्थीकसंसार संवाददाता२१ असार, २०७९
    २६७ पटक
    २१ असार, २०७९

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले शैक्षिक सामाग्री वितरण गरेको । लघुवित्तले श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय पटेर्वा सुगौली गा.पा.रामपुर टोलमा शैक्षिक सामाग्री सहयोग गरेको हो ।
    संस्थाको १० औँ बार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमका बीच विधालयका ११५ जना विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । संस्थाले दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्म अध्ययनरत ११५ जना दलित, विपन्न तथा गरिब विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख श्यामबाबु प्रसाद यादवले जानकारी दिए ।
    विधालयका प्र.अ. भागवत साहको प्रमुख आतिथ्यतामा, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड निजगढ अनुगमन कार्यालयका अनुगमन अधिकृत बालहरि सुवेदीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । प्रति विधार्थी ६ वटा कापी, ६ वटा सिसाकलम र १/१ वटा कटर, इरेजर वितरण गरिएको थियो ।
    कार्यक्रममा बोल्दै प्र.अ.साहले वित्तीय संस्थाले बार्षिक उत्सवमा दलित,विपन्न तथा गरिव समुदायका बालबालिका अध्ययनरत विद्यार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए । सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्