News Portal

  • अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीको बीमा गरिदिने

    आर्थीकसंसार संवाददाता१७ असार, २०७९
    ६०६ पटक
    १७ असार, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीहरुको निर्जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता भएको हो ।
    असार १७ गते भएको उक्त सम्झौता अनुसार अजोडले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन बीमा सम्बन्धी काम र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ ।
    उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले हस्ताक्षर गरेका हुन् ।
    सो अवसरमा इन्स्योरेन्स कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्