News Portal

  • तारादेवीले श्रीमानलाई दिइन् १५ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ५६१ पटक
    १६ असार, २०७९

    काठमाडौं । पछिल्लो समयमा जन्म दिन, कुनै चार्डपर्व अलि फरक तरिकाले मनाइदै आएको पाईन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले उपहार स्वरुप बीमा पोलिसी दिने गरेका छन् । यसैबीच इटहरी उपमहानगर पालिका वडा नं २ का गणेश सुनामले जन्म दिनको उपलक्ष्यमा श्रीमतीबाट बीमापोलिसी उपहार पाएका हुन् ।
    जन्मदिनको अवसरमा श्रीमती तारादेवी दर्जीले श्रीमान सुनामका लागि १५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख उपहार दिएकी हुन् ।
    दर्जीले श्रीमानको बचत गर्ने बानीको विकास र सुरक्षाका लागि उक्त बीमालेख उपहारस्वरूप दिएको बताएकी छिन् । यस पोलिसीले आर्थिक जोखिममा टेवा पुग्ने तथा भविष्यमा आइपर्ने जोखिममा सहयोग गर्ने बताएकी छिन् ।
    उक्त बीमालेख उपहार हस्तान्तरण कार्यक्रममा इटहरी एरियाका एरिया ब्राञ्च मेनेजर रामबहादुर खत्री, इटहरी शाखाप्रमुख दिपेन्द्र प्रधान र कम्पनी सिनियर एजेन्सी मेनेजर प्रमिला प्रधानले शुभकामना दिएका थिए ।

    प्रतिकृया दिनुहोस्