News Portal

  • आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ४९४ पटक
    १६ असार, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभयो । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।
    साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्