News Portal

  • आइएमई पे एपमा एनएलआईसिको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१५ असार, २०७९
    ६४८ पटक
    १५ असार, २०७९

    काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”द्वारा प्रवद्र्धित “आइएमई पे”ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति रोचक अफर ल्याएको छ । आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआइसिको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।
    हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् । यस अफरको नियम तथा शर्तहरु यस प्रकारका छन्– केवाईसी रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।
    आइएमई पेको बारेमाः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

    प्रतिकृया दिनुहोस्