News Portal

  • आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच नगदरहित सेवा सम्झौता

    आर्थीकसंसार संवाददाता९ असार, २०७९
    ४२७ पटक
    ९ असार, २०७९

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गर्नुभयो । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबाट नगदरहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
    साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिले आफ्ना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्