News Portal

  • दोर्दी खोला जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै

    आर्थीकसंसार संवाददाता८ असार, २०७९
    ७०० पटक
    ८ असार, २०७९

    काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । उक्त आइपीओ कम्पनीले बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने जनाएको छ ।
    उक्त कम्पनीको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओका लागि कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।
    यस आधारमा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ ।
    रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘केयर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
    कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
    बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणलाई निष्काशन गरेको हो ।

    प्रतिकृया दिनुहोस्