News Portal

  • सेञ्चुरी कमर्सियलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता८ असार, २०७९
    ५५८ पटक
    ८ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि २ हजार ८१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
    उक्त शेयरमा योग्य संस्थापक शेयरधनी, सर्वसाधारण, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी तथा सुर्खेत शाखामा आईपुग्ने गरी असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ता अर्थात् २ हजार ८१८ कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्