News Portal

  • आज १२ सय १ जना कोरोना संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७७
    १०७८ पटक
    २७ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।
    आज शनिबार ८ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्