News Portal

  • २५ सय बढीलाई सनराइज बैंकले दियो वित्तीय साक्षरता तालिम

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    १९६ पटक
    ७ असार, २०७९

    काठमाडौं । देशव्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।यस अभियान अन्तर्गत बैंकले यसै वर्ष २५ सयभन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्र्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ ।
    बैंकले नागरिकहरुमा बैंकिङ्ग सेवा सुविधाको बारेमा जनचेतना कम रहेको हालको अवस्थामा बैंकिङ्ग सेवा सुविधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगायतका विषयहरुलाई समेटेर देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
    गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
    केहीसमय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरीसकेको छ ।
    बैंकले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्