News Portal

  • मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसरमा पर्वातारोही लाक्पा देण्डी शेर्पा

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ६७८ पटक
    १ असार, २०७९

    काठमाडौं । पर्वातारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर नियुक्त भएका छन् । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बुधबार सो सम्झौता भएको हो ।
    बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्रधन तथा संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।
    शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गर्ने गिनिज रेकर्ड होल्डर पनि हुन् ।
    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्