काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाहरूको प्रवद्र्धन गर्ने उद्देश्यको साथ यो योजना सुरु गरिएको छ । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।
एक महिनाको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइनेछ । यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।
वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजनामार्फत नबिल बैंकले त्यस्ता उद्यमीहरुलाई बैंकिङ च्यानलमा भित्र्याउने, पुराना निष्कृय मर्चेन्टलाई सक्रिय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।
नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता१ असार, २०७९
१ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने