News Portal

  • सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ४८६ पटक
    १ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकहरुलाई किसान समूहले Buy Back Guarantee सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख श्री प्रविन कुमार दाहालज्यू र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमज्यूूले हस्ताक्षर गर्नुभयो ।
    अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

    प्रतिकृया दिनुहोस्