News Portal

  • सिटिजन्स बैंकले वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ६५७ पटक
    १ असार, २०७९

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेकाे छ । ग्राहककाे वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने उदेश्यकाे साथ बैंकले उक्त सेवा सुरु गरेकाे जनाएकाे छ ।
    यस अन्तर्गत बैंकले प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
    यस्तै वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो सेयरको रजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/पासवर्ड रिसेट जस्ता सेवा प्राप्त गर्न सक्नेछन ।

     

    प्रतिकृया दिनुहोस्