News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ६८४ पटक
    १ असार, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंक र रिगल हेटौंडा रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
    उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्