News Portal

  • धादिङको चण्डेश्वरी विद्यालयलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ४९२ पटक
    १ असार, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङस्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयलाई कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि सहयोग गरेको हो ।
    बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, विजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रध्यान्ध्यापक डिल नारायण श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।
    यस सहयोगबाट संस्थाले विद्यार्थीहरुलाई अध्यन गर्न रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको जनाएको छ ।
    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्