News Portal

  • बाल अस्पताललाई लक्की ग्रुपले गर्यो १ करोड रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता३१ जेष्ठ, २०७९
    ५८८ पटक
    ३१ जेष्ठ, २०७९

    काठमाडौं । व्यापारिक समूह लक्की ग्रुपले डा. कोइरालाको बाल अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपले व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत बालबालिकाको उपचारको लागी पूर्वाधार निर्माणमा एक करोड रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराएको हो ।
    लक्की समूहका अध्यक्ष सतिश कुमार मोरले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् । काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई मोरले चेक हस्तान्तरण गरेका हुन् ।
    काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले जुनसुकै आर्थिक पृष्ठभूमीका बालबालिकाको लागी उच्चस्तरिय र विशिष्ट सेवा प्रदान गर्नेछ । डा. कोइरालाले अगुवाई गरेको यस बाल अस्पताल बुढानिलकण्ठको हेपाली हाइटमा अवस्थित छ ।

    प्रतिकृया दिनुहोस्