News Portal

  • प्रभु क्यापिटलले “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    १०१० पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलोपटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।
    यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरु सहभागि हुनेछन् । असार महिनाको पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२”भोली असार ०१ गतेबाट शुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।
    यस कार्यक्रममा विद्यार्थीहरुले शेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेलमा प्रथमहुनेलाई कार्यक्रमको अन्त्यमा १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।
    श्रावण महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्