काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले वाग्मती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको बागमती प्रदेश अन्तर्गतको शाखाहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजना तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले उक्त घरदैलो कार्यक्रममा गरिएको बैंकले जनाएको छ ।
बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाताका साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८।०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी सार्वजनीक गरेको थिये ।
बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।