News Portal

  • सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटलमा छुट

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    ६२८ पटक
    ३१ जेठ, २०७९

    काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक र ठमेलस्थित अलफ्ट हाेटलबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान दिने सम्झाैता भएकाे हाे ।
    बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट, ठमेलको नुक, डब्लुएक्सवाइजेड र रिफ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडाैंकाे तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
    सेञ्चुरी कमर्सियल बैंकका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्