News Portal

  • १२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न

    सहकारीमार्फत समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणमा प्रतिवद्ध

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    १०३६ पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून )को आयोजनामा काठमाडौंमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ ।


    आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो ।
    बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ ।
    ‘दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आईतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।
    सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
    सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
    सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।
    दुईदिने गोष्ठीको समापन गर्नुहुँदै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभयो । जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिकदलहरुले समेत प्रतिवद्धता जनाएको समेत उहाँले बताउनुभयो । सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उहाँको धारणा थियो ।

     

     

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कून)
    नया“बानेश्वर, काठमाण्डौं
    चौथो साकोस शिखर गोष्ठी २०७९
    २०७९ जेष्ठ २९ र ३० गते, द सोल्टी
    कालिमाटी, काठमाण्डौं
    घोषणापत्र
    दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि

    विश्वव्यापी कोभिड १९ प्रभाव सामना गर्दै पुनरजागृत हुँदै गएको नेपालको साकोस अभियानमा सामना शक्ति विकासका लागि सम्प ूर्ण सरोकारवाला पक्षहरुसँग सद्भावपूर्ण सहकार्य गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवम् सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम् साझा प्रविधि” भन्ने मूल भाव का साथ २०७९ जेष्ठ २९ र ३० गते काठमाण्डौंमा आयोजित चौथो साकोस शिखर गोष्ठीमा विभिन्न विषयविज्ञहरुबाट प्रस्तुत विषयहरुमा भएको गहन छलफलको निश्कर्ष स्वरुप नविनतम प्रविधिको अनुकरण गर्दै नेपालको साकोस अभियानलाई दीगो एवम् सञ्जालिकृत र गुणात्मक बनाउनमा महत्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त भई हामी सहभागी अभियन्ताहरु साकोसमार्पmत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवम् आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र जारी गर्दछौं ।
    1. यसपूर्वका साकोस शिखर गोष्ठीबाट पारित साझा प्रतिबद्धताका उपलब्धीहरुको स्वामित्व ग्रहण गर्दै हालसम्म कार्यान्वयनमा आइसकेका प्रतिबद्धताको निरन्तरता सहित बाँकी संकल्पहरुको समेत यथाशिघ्र कार्यान्वयनको लागि आ–आफ्नो स्थानबाट स्पष्ट योजना सहित क्रियाशिलतापूर्वक भूमिका निर्वाह गर्ने छौं ।
    2. गरिबीको रेखामुनी रहेका लक्षित वर्गलाई वित्तीय पहुँच पु¥याउन वित्तीय साक्षरता मार्फत सामाजिक समावेशीकरण सहित वित्तीय मुलप्रवाहिकरणको लागि केन्द्रीय संघ मार्फत विकास गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।
    3. समग्र सहकारी अभियानको दुईतिहाई वित्तीय स्रोत परिचालन र ५० प्रतिशत भन्दा बढी सदस्यको प्रतिनिधित्व गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुको प्रबद्र्धन, विकास, अनुगमन र स्वनियमन प्रणालीलाई प्रभावकारी बनाई समुदायको वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित एवम् प्रभावकारीरुपमा व्यवस्थित बनाउन वित्तीय सहकारी ऐन जारी गराउन केन्द्रीय संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्न प्रतिबद्ध छौं ।
    4. आफूले प्रतिनिधित्व गरेको संस्थामार्फत एकीकृत सूचना प्रणाली ९ऋइएइःक्ष्क्० मा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न प्रतिबद्ध छौं ।
    5. सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न प्रतिबद्ध छौं ।
    6. सदस्यहरुको बचतको सुरक्षाका साथै सम्पूर्ण संस्थागत सुरक्षा र विकासको लागि कानुनबमोजिम खडा भएको स्थिरीकरण कोष मार्फत नियमित अनुगमनको व्यवस्थाको लागि कोषमा आबद्ध भई कोषको क्षमता विकासमा तोकिएबमोजिम योगदान गर्दै प्रभावकारी सञ्चालनमा कानुनी संरचना परिवर्तनको लागि सामुहिक पैरवी गर्न प्रतिवद्ध छौं ।
    7. साकोस सञ्जालमा एकरुपता कायम गरी साकोस अभियानमा विद्यमान जोखिम न्यूनीकरण एवम् प्रभावकारी सम्बोधनको लागि संस्था मार्फत प्रवाह गरिने वित्तीय एवम् गैरवित्तीय सेवालाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्न र विद्यमान दस्तावेजहरुको डिजिटाईजेशन गरी सुरक्षित अभिलेख व्यवस्थापन गर्न प्रतिबद्ध छौं ।
    8. संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।
    9. साकोसमा विद्यमान जोखिमको पहिचान, मापन एवम् न्यूनीकरणका साथै संस्थाको गुणस्तर सुनिश्चितताको लागि केन्द्रीय संघले विकास तथा सञ्चालन गरेको नियमित अनुगमनको कार्यक्रममा सहभागी हुनेछौं ।
    10. साकोसमा संकलित वित्तीय स्रोतहरुलाई सदस्य मार्फत उत्पादनमुलक कार्यमा परिचालनलाई बढावा दिई समुदायमा गरिबी न्यूनीकरणको लागि सदस्यहरुलाई वित्तीय एवम् प्राविधिक स्रोतमा पहुँच स्थापित गर्नुका साथै सदस्यहरुमार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिंदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रतिबद्ध छौ. ।
    11. सहकारीको कर्म, मर्यादित श्रम भन्ने सोचका साथ जोखिमपूर्ण पेशामा संलग्न सदस्यहरु एवम् संस्थामा कार्यरत कर्मचारीहरुको पेशागत हितको संरक्षण र पेशागत सुरक्षा सहित कानुनबमोजिमका न्यूनतम सुविधाहरुको सुनिश्चित गरी आत्मसम्मानयुक्त जीवन यापनको वातावरण निर्माण तथा पारिश्रमिक भुक्तानी गर्न प्रतिबद्ध छौं ।
    12. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार रु.१० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले नयब्ःी सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन प्रतिबद्ध छौं ।

    नेप्mस्कूनद्वारा आयोजित यस चौथो साकोस शिखर गोष्ठी २०७९ का सम्पूर्ण सहभागीहरु यस घोषणा पत्रमा उल्लेखित बूँदाहरुलाई कार्यान्वयन गर्ने सामुहिक प्रतिबद्धताका रुपमा यो घोषणा पत्र जारी गर्दछौं ।

    प्रतिकृया दिनुहोस्