News Portal

  • कुमारी बैंकका ग्राहकलाई कोहलपुरको होटेल सेन्ट्रल प्लाजामा छुट

    आर्थीकसंसार संवाददाता३० जेठ, २०७९
    ६६५ पटक
    ३० जेठ, २०७९

    काठमाडौं । कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो होटेलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्