News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ६२८ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
    जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।
    उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    २८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्