काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एस क्यापिटल र नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालयहरुबाट हितग्राही खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
हितग्राहीहरुले असार मसान्तभित्र आइएमई पे, ई– सेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र नेपाल इन्भेष्टमेण्ट बैंकको थैली वालेटमार्फत शुल्क बुझाउन सक्नेछन् ।
तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने कम्पनीले बताएको छ । मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ ।
कम्पनीले उक्त अवधिमा नविकरण नगरेमा सो सेवा स्वतः बन्द हुने जनाएको छ । साथै हितग्राहीहरुको डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको हकमा समेत अद्यावधिक गर्न आग्रह गरेको छ ।
डिम्याट खाता नविकरण गर्न एनआईबिएल एस क्यापिटलको आग्रह
आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
२६ जेठ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने