News Portal

  • आज देशभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०७७
    ७३३ पटक
    २६ भदौ, २०७७

    काठमाडौं । आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए ।
    उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ
    यस्तै बितेको २४ घण्टामा ९ सय ७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । ।

    प्रतिकृया दिनुहोस्