News Portal

  • सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ५२९ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काली मन्दिरको पुर्वाधार विकासका लागि एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
    सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति श्रीमती मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
    उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पुर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पुर्वाधार विकासले आन्तरिक पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको छ ।

    प्रतिकृया दिनुहोस्