News Portal

  • प्रभु बैंक र होटल ड फ्लेमिङ्गोबीच आकर्षक छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ६४४ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गो प्रालिकाबीच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र होटल ड फ्लेमिङ्गो प्रालिका तर्फबाट निर्देशक दिलीप गौचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रालिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल ड फ्लेमिङ्गो प्रालिद्वारा सञ्चालित होटलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
    उतm सम्झौताअन्तर्गत होटल ड फ्लेमिङ्गो प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ड फ्लेमिङ्गो प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्