News Portal

  • एनएमबि बैंकले हाइड्रोपोनिक्स कृषि गर्नेलाई सजिलै कर्जा दिने

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
    ५०३ पटक
    २५ जेठ, २०७९

    काठमाडौं । एनएमबि बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
    उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।
    हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्