News Portal

  • लुम्बिनी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ७७९ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंकले पोखरा अवस्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ ।
    सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिए वापत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
    यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यसका सथै बैंकले अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा ुमासिकु रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

     

    प्रतिकृया दिनुहोस्