News Portal

  • लगानीकर्ताले प्रधामन्त्रीलाई बुझाए ज्ञापनपत्र

    गभर्नरलाई शेयर बजारको समस्या समाधान गर्न निर्देशन

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ५७२ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर शेयर बजार सम्बन्धी ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राधापोख्रेलको संयोजकत्वमा गएका लगानीकर्ताले प्रधानमन्त्री समक्ष शेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गर्न माग राखेका छन् ।
    उनिहरुले ज्ञापनपत्रमा सिसिडी लाई सिडीमा कायम गरिएकोम यसलाई खारेज गरी पुनः सिसिडी मा नै कायम गर्न माग राखेका छन् । त्यस्तै तेस्रो मागमा भारित औषत दर १५० लागु गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्ने रहेको छ । चौथो मागमा भने पूँजी बजारलाई सात प्रदेश र सतहत्तर जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि माग गरेका छन् ।
    लगानीकर्ताको ज्ञापनपत्र बुझे सँगै प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर पूँजी बजारको समस्या सिघ्र समाधान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन सँगै लगानीकर्ताले भोलि गभर्नर अधिकारीलाई भेट्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्