News Portal

  • प्राइम लाइफ १५औं बर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ४९७ पटक
    २२ जेठ, २०७९

    काठमाडाैं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेकाे छ । १५ वर्षमा आइपुग्दा कम्पनीकाे चूक्ता पूँजी २७८ कराेड पुगेकाे छ ।
    यस्तै कम्पनीकाे जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड, कूल बीमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेकाे छ । त्यस्तै कम्पनीकाे लगानी १८.३४ करोड रहेकाे छ ।
    साे अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलब्ध गराइरहेकाे छ । कम्पनीले साे अवसरमा सिरहाकाे मुसर बस्तिमा भाँडाकुडा सहयाेग गरेकाे छ । 

     

    हाल प्राइमलाइफ इन्स्योरेन्सका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्बन्धित पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने अवस्थ रहेकाे छ ।
    प्राइमलाइफ इन्स्योरेन्सले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

    प्रतिकृया दिनुहोस्