News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ६७० पटक
    २२ जेठ, २०७९

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेकाे छ ।
    विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन् ।
    भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटी/सिवोटी र टिवोटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
    अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट ४ जना सिवोटी सहित १५७ जना अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका थिए ।

    प्रतिकृया दिनुहोस्