News Portal

  • लक्ष्मी बैंकले प्रत्येक ग्रीन बचत खाता वापत एउटा रुख रोप्ने

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ९०५ पटक
    २२ जेठ, २०७९

    काठमाडाैं । विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।


    लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिवद्दता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिंङ खाताको वापत एउटा रुख रोप्ने जनाएकाे छ ।
    यसका साथै ग्रीन सेभिंङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ बैंकले जानकारी दिएकाे छ ।
    यो पहल मार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिवद्धतालाई निरन्तरता दिने जनाएकाे छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले पिसिएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ ।
    साथै, ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमहरु अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागि बैंकले विभिन्न अफरहरु पनि ल्याएको छ । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि भुक्तानी गर्दा १० प्रतिशत (प्रति व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था रहेकाे छ ।
    यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकइङ्ग तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्