News Portal

  • ग्लाेबल आईएमई बैंकले ३० करोड लगानीमा अत्याधुनिक भवन निर्माण गर्दै

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०७९
    ६०२ पटक
    २१ जेठ, २०७९

    काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे ।
    बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए।
    देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ । तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ ।
    दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ । भवन शिलान्यास अघि बैंकले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्