News Portal

  • एनआईसी एशिया बैंकद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० जेठ, २०७९
    ५२५ पटक
    २० जेठ, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो ।
    बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बैंकले जनाएको छ ।
    ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा बापतको १० लाख रुपैयाँ रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
    बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमा बापतको १ करोड ८० लाख, दुर्घटना बीमा बापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्